आज सकिदैं पोखरा महोत्सव
पाेखरा | माघ ७, २०८१
पोखरा: पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सव आज सकिदैंछ ।
गत महिनाको २५ गतेदेखि जारी महोत्सवको समापन आज पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नेछन् ।
क्लबका महासचिव दिनेश सुनारका अनुसार आज लोकदोहोरीतर्फ चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, ममता तामाङ, इन्द्रा गुरुङ लगायतको प्रस्तुती रहनेछ ।
यस्तै लाइभ कन्सर्टतर्फ जेम्सीको प्रस्तुती रहनेछ ।
महोत्सवमा आयोजित विद्यालयस्तरीय प्रतियोगिताकोसमेत आज नै फाइनल प्रतिस्पर्धा हुनेछ ।
फाइनलमा सेन्ट मेरिज, कास्की मोडनाइज्ड, बेसलाइन एकेडेमी, विभुती र सरस्वती विद्या सदन लामाचौरबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

