आज सकिदैं पोखरा महोत्सव

पाेखरा | माघ ७, २०८१

आज सकिदैं पोखरा महोत्सव

पोखरा:   पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सव आज सकिदैंछ । 

 

गत महिनाको २५ गतेदेखि जारी महोत्सवको समापन आज पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नेछन् ।

 

क्लबका महासचिव दिनेश सुनारका अनुसार आज लोकदोहोरीतर्फ चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, ममता तामाङ, इन्द्रा गुरुङ लगायतको प्रस्तुती रहनेछ ।

 

यस्तै लाइभ कन्सर्टतर्फ जेम्सीको प्रस्तुती रहनेछ । 

 

महोत्सवमा आयोजित विद्यालयस्तरीय प्रतियोगिताकोसमेत आज नै फाइनल प्रतिस्पर्धा हुनेछ  ।

 

फाइनलमा सेन्ट मेरिज, कास्की मोडनाइज्ड, बेसलाइन एकेडेमी, विभुती र सरस्वती विद्या सदन लामाचौरबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए । 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्